सुतेकाे समिति ब्युँतिदै,खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न मन्त्री बाेलाउदै

khabarwave
२६ मंसिर २०७७

काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।समितिले स्वास्थ्य मन्त्री ढकालसँग कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा  छलफल गर्ने भएको हो ।

त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको छ समितिले यस अघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरीकन ओम्नी समूह मार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो ।

तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन् । अबको बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।-तस्बिर फायलबाट

Loading spinner