सुतेकाे कांग्रेस ब्युँतिदै, २९ गते ७७ जिल्लामै प्रदर्शन

khabarwave
१९ मंसिर २०७७

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ ।
तनहुँ घटनाका साथै कोभिड रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर  ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले निर्णय  गरेकाे हाे ।

कांग्रेसकाे पदाधिकारी र पूर्वपदाधिकारीहरुको   बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको निन्दा गरेको छ । बैठकमा पार्टीको आन्तरिक विषयमा २७ केन्द्रीय सदस्यले उठाएको मुद्दाबारे छिटो सहमति खोज्ने समझदारी पनि भएको  छ ।कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ । जटिलता र चुनौतीपूर्ण अवस्थामा सरकार आफ्नै दलको द्वन्द्वमा अलमलिएको भन्दै कांग्रेसले जनजीविकाका मुद्धाहरु उठाउने थलो संसदको अधिवेशन छिट्टो बोलाउनुपर्नेमा जोड दिएको छ ।

 

Loading spinner