सिंगापुरको विमानस्थलमा ह्विल चियरमा देउवा दम्पती
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा सिंगापुर पुगेका छन् । देउवा दम्पती सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरतिर लागेका थिए । उनीहरूलाई सिंगापुरको चाङ्गी विमानस्थलबाट ह्वील चियरमा राखेर अस्पतालतर्फ लगिएको छ । उनीहरू काठमाडौंको विमानस्थलबाट भने हिँड्दै बिदा भएका थिए । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीबाट मरणासन्न हुने गरी आक्रमणमा परेका थिए ।
