अध्यक्ष राना घुससहित अख्तियारकाे नियन्त्रणमा

khabarwave
३० आश्विन २०७७

काठमाण्डाै ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले   सवडिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालक सहित काठ बरामद गरेको सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनि सोही कार्यालयका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको अबस्थामा  बिचौलियाको भूमिका निर्वाह गर्ने रामप्रसाद रानालाई नियन्त्रणमा लिएकाे छ । सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले निज रेन्जर राम अवतार चौधरीलाई उक्त रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने धनगढी उपमहानगरपालिका वडा नं- ११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई सेवाग्राहीसँग असी हजार घुस लिइसकेको अवस्थामा जि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।

Loading spinner