सानिमा बैंकले दिने भयो १३.६० प्रतिशत लाभांश

khabarwave
२८ आश्विन २०७७

काठमाडौं । सानिमा बैंकल आफ्ना लगानीकर्तालाई लाभांश दिने भएको छ । बैंकले १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ३।६० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ८८ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ३१ करोड ६८ लाख ४९ करोड ६ सय ८०रुपैयाँ नगद लाभांश दिनेछ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउने छन् ।
बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १८ हजार हुनेछ । हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ११।०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Loading spinner