सांसदहरुलाई ह्पीप, बुटवल र लुम्बिनी करिडोरलाई वित्तीय र पर्यटकीय राजधानी

khabarwave
१९ आश्विन २०७७

काठमाडौं । प्रदेश ५ का  मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताएका छन । साथै बुटवल र लुम्बिनी करिडोरलाई छोएका क्षेत्र समेटेर वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने र भालुवाङलाई प्रशासकीय राजधानीका रुपमा अगाडि बढाउने पनि संसदिय दलकाे बैठकमा उनकाे धारणा रहेकाे छ  ।

दाङको भालुवाङ लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका १४ सांसदले फरक मत राखेका छन् । संसदीय दलको सोमबार बसेको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।बैठकले सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न समेत नेकपाका सांसदहरुलाई ह्पीप लगाएकाे छ ।

Loading spinner