बढुवा भएर प्रमुख सचिव बन्ने दाउले गर्दा प्रदेश महिनाैदेखि प्रमुख सचिव बिहिन,सहसचिवले जिम्मेवारी पाएनन, सचिब ज्ञवालीलाई उद्याेग मन्त्रालय पाउने आशा

khabarwave
२४ पुष २०७७

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख सचिव पद रिक्त भएकाे महिनैा भएकाे छ । प्रमुख सचिव ताेयानारायण ज्ञवाली  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरूवा भएपछि साे पद निमित्तका भरमा चलेकाे छ । निमित्त प्रमुख सचिव अहिले भरतमणी सुवेदी छन ।सचिव ताेयानारायण ज्ञवाली भने माघकाे पहिलाे साता रिक्त हुने उद्याेग,बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा हन चाहिरहेका छन । हालका उद्याेग सचिब चन्द्रकुमार घिमिरेकाे अबकाशपछि ज्ञवाली त्यहाँ सरूवा हुन खाेजेका हुन । उता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७ भदौ ०९ गतेको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गर्‍यो । जसमा सहसचिव तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सचिव भरतमणी सुवेदी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भए । उनको ठाउँमा लोक सेवा आयोगका सहसचिव खगेन्द्र प्रसाद सुवेदी खटाइए । मङ्सिर २४ गतेदेखि हाजिर भए पनि अहिलेसम्म जिम्मेवारी पाएका छैनन् ।छ

प्रदेश सचिव सुवेदीलाई सङ्घ अन्तर्गतको पर्यटन मन्त्रालयमा सरुवा गरिएको चार महिना हुनै लाग्दा पनि उनी काठमाडौँ आएका छैनन ।  सुवेदी सरुवा भएको २१ दिनभित्र सरुवा भएको कार्यालयमा रमाना लिइसक्नु पर्ने भए पनि चार–चार महिनासम्म मुख्यमन्त्री कार्यालयमै रहेका उनी   रिक्त हुने एक सचिवमा आफू बढुवा भई सोही मुख्यमन्त्री कार्यालयमेैे प्रमुख सचिवमा जाने हाे ।

यसअघिको बढुवामा तेस्रो नम्बरमा परिसकेका सुवेदी ढिलो चाँडो बढुवा हुने सम्भावना छ नै तर एक नम्बरमा सिफारिस हुने सुमन अर्याल बढुवा हुँदैनन् भन्ने ग्यारेन्टी पनि त छैन ।लोक सेवाका सचिव आनन्द ढकाल  पुष २० गते अनिवार्य अवकाशमा गएपछि रिक्त सचिब पदमा प्रणालीलाई मिचेर सहसचिव भरतमणि सुवेदीलाई सचिव बनाउने तयारी भइरहेको स्रोतको दाबी छ ।  जबकि बढुवाकालागि सहसचिव सुमन अर्याल एक नम्बरमा छन् बढुवाका लागि  अब हुने सिफारिसमा पहिलो नम्बरमा अर्याल, दोस्रोमा सुवेदी र तेस्रोमा मुकुन्द पौडेलको नाम सिफारिस हुनेछ ।कुनै कर्मचारीलाई चार महिनासम्म पनि हाजिर नै गर्न नपर्ने, अचम्मकाे बिषय हाे ।

 

Loading spinner