सर्वोच्च अदालतले चेतावनीपूर्ण आदेश दिएपनि वाँस्तोला गेटबाटै पुनः पक्राउ

khabarwave
१० फाल्गुन २०७७

काठमाडौं ।  सर्वोच्च अदालतमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले उनलाई  गेटबाटै पक्राउ गरेको छ ।

सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

अब पनि यही विषयमा थुनामा राखे अदालतको अवहेलनामा कारबाही गर्ने चेतावनी पनि आदेशमा दिएको थियाे तर
सर्वोच्चले चेतावनीपूर्ण आदेश दिए पनि सरकारले बास्तोलालाई पुनः पक्राउ गरेको छ । आदेशपछि रिहा भएर सर्वोच्च परिसरबाट बाहिर निस्कनै लाग्दा प्रहरीले बास्तोलालाई गेटबाटै पक्राउ गरेको हो ।

 

Loading spinner