सरकारले माओवादी पूर्वलडाकुहरुलाई लोकतान्त्रिक योद्धाको रुपमा सम्मान गर्दै

khabarwave
१ बैशाख २०७८

काठमाडौं । आज सरकारले माओवादी पूर्वलडाकुहरुलाई ‘लोकतान्त्रिक योद्धा’को रुपमा सम्मान गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनको क्रममा लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन र सशस्त्र द्वन्द्वमा विभिन्न ढंगले पीडित भएका र योगदान पुर्याएका व्यक्तिहरुलाई प्रतीकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम शुभारम्भ गर्न लागेको जानकारी दिएका थिए ।

१० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भए पनि अनमिनबाट अयोग्य ठहरिएका र सेना समायोजनमा नपरेकाहरुलाई केन्द्रित गरेर सम्मान गर्ने निर्णय यसअघि नै सरकारले गरेको थियो । त्यसका लागि सरकारले केन्द्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा र जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति गठन गरेको छ ।

पहिलो चरणमा   १ सय ७१ जनालाई सरकारले सम्मानपत्रसहित अभिनन्दन गर्न लागेको हाे  । सम्मान कार्यक्रम दिउँसो एक बजे प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको छ ।

 

Loading spinner