सरकारकाे लाचारीपनले गर्दा कांग्रेस अघि सर्याे, पार्टी कार्यालयको भवनलाई कोभिड अस्थायी अस्पताल बनाउन प्रस्ताब

khabarwave
२१ बैशाख २०७८

काठमाण्डाै ।     नेपाली कांग्रेस नुवाकोटले विदुरस्थित पार्टी कार्यालयको भवनलाई कोरोना अस्पतालका रूपमा सञ्चालन गर्न प्रस्ताव गरेको छ।कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले कोरोना संक्रमितका लागि शय्या अभाव भइरहेको गुनासो हुन थालेकोले त्यसका लागि पार्टी कार्यालय भवन प्रयोग गर्न सकिने बताएका हुन्। कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको र अस्पतालहरूमा शय्या खालि नभएका समस्या देखिएपछि नुवाकोट कांग्रेसले साे प्रस्ताब गरेकाे हाे ।

सभापति केसीले स्वास्थ्यजस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु यो भन्दा लाचारीपन अरु केहि हुन नसक्ने हुदाँ कोभिड संक्रमितलाई व्यवस्थापन गर्न विदुरस्थित कांग्रेसको पार्टी कार्यालयमा करिब १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भवनमा अस्पताल सञ्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट हार्दिक अनुरोध गरेकाे बताएका छन ।

Loading spinner