सत्तापक्षबाटै प्रदेशसभाकाे बैठकमा अबराेध ,फागुन ९ गतेसम्म स्थगित,अविश्वासको प्रस्ताव टेबल हुन पाएन

khabarwave
२५ माघ २०७७

काठमाण्डाै । प्रदेश १ को प्रदेशसभाकाे आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् ।

ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।त्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछिअविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिने नेपा ली कांग्रेसले संकेत दिएको छ । अविश्वासको प्रस्तावको पक्षमा उभिने कांग्रेसको संकेतपछि प्रचण्ड-माधव समूह आइतबारकै बैठकमा अविश्वासको प्रस्ताव टेबुल गराएर छलफल गर्नुपर्ने पक्षमा थियाे  ।तर ओली समूह भने संसद् बैठक लम्ब्याउने पक्षमा रहेकाेले बैठक फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरिएकाे छ ।गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

Loading spinner