सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७, कोरोना निको हुनेकाे संख्या ८० हजार ९४५ पुग्याे

khabarwave
२८ आश्विन २०७७

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर बितेको २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएकाे  हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन्  । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ ।  कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ । थप २१७४ जना कोेरोनाबाट निको भएका छन ।आजसम्म ८० हजार ९४५ जना कोरोना निको भएका छन् ।

 

 

 

Loading spinner