संसद विघटनको विरोधमा ६, ७ ४३ वडाहरुमा विरोध प्रदर्शनको तयारी

khabarwave
७ माघ २०७७

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बिहिबार गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका छन् ।कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६,हजार ७सय ४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।

सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपिल गरेका हुन् ।सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत अपील गरेका हुन् ।

कांग्रेसले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते  १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

Loading spinner