संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता देउवाकाे बहिस्कार

khabarwave
२७ मंसिर २०७७

काठमाडौं । आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सहभागी नहुने जानकारी      दिएका छन् ।  कांग्रेसकाे अगुवाइमा २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश देउवाले दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा ४५  रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको हाे ।

 

Loading spinner