
संकटकाल र कर्फ्युबारे गृह मन्त्रालयले मुख खाेल्याे
काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको जनाएको छ ।
गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो ।
एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको छ ।