विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या तीन करोड ३८ लाख पुग्याे ,१० लाख संक्रमितले ज्यान गुमाए

khabarwave
१४ आश्विन २०७७

काठमाडौं – कोरोना भाइरस बाट विश्वभर संक्रमित हुनेको संख्या अहिलेसम्म तीन करोड ३८ लाख पुगेको छ ।पछिल्लो विवरणअनुसार अनुसार संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ भने  १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

संक्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ५ सय बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । त्यस्तै यहाँ हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ ।

राष्ट्र रसियामा संक्रमितको संख्या ११ लाख ६७ हजार ८ सय ५ पुगेको छ । यस्तै यहाँ २० हजार ५ सय ४५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ५२ हजार ३९९ जना संक्रमित निको भइसकेका छन् ।भारतपछि धेरै संक्रमित देखिएको देशमा इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।एसियाली मुलुकमा निको हुनेको संख्या ८८ लाख ११ हजार २१४ रहेको छ भने १ लाख ९२ हजार ८६६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल  सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३ सय ९६पुगेकाे छ । कोभिड–१९ संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ । ५५ हजार ३७१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

 

Loading spinner