विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा ,नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

khabarwave
२० फाल्गुन २०७७

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बैठकले  सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति समेत अनुमोदन गरेको छ ।

यसैबीच सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।

Loading spinner