ललितपुरको कर्फ्यु उल्लंघन गरे गोलीसमेत हान्न सक्ने

khabarwave
१९ भाद्र २०७७

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबिच झडप भएपछि यो आदेश जारी भएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्यु आदेश जारी भएको जानकारी दिएका छन् ।

ललितपुर सुनसान
हिजो पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा कर्फ्यु लगाइएको कारण ललितपुर क्षेत्र अहिले सुनसान छ । बिहान ४ बजेबाट कर्फ्यु जारी गरिएको हो। कर्फ्युको आदेश उल्लंघन गरेमा सुरक्षामा खटिएका सुरक्षा अधिकारीले गोली हान्न सक्ने अधिकारसहित कर्फ्यु लगाइएकाले यस क्षेत्र सुनसान बनेको छ। आज राति १० बजेसम्म कर्फ्यु जारी गरिएको छ। कर्फ्युको समय बढ्ने या नबढ्ने आज दिनभरि विकास हुने घटनाक्रमले निश्चय गर्ने छ। हिजो मछिन्द्रनाथको रथलाई जवरजस्ती तान्न खोज्ने युवा र प्रहरीबीच पुल्चोकमा झडप भएको थियो। कोरोना संक्रमण फैलिएका कारण मछिन्द्रनाथको जात्रा रोकिएको छ। आज जारी कर्फ्यु बलेखुदेखि मनहरापुलसम्मको चक्रपथ भित्र पर्ने सबै क्षेत्रमा लागू गरिएको छ। चक्रपथ बाहिरको जनजीवन सामान्य रहे पनि मुल शहरी क्षेत्र सुनसान बनेको छ।

रथ यात्रालाई निरन्तरता देऊ : काँग्रेस
नेपाली काँग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने काँग्रेसको धारणा छ । ललितपुरको पुलचोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबिच भएको झडपको घटनाप्रति काँग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ । परम्परागत जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबिच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको पनि काँग्रेसको ठहर छ ।

यस्ताे छ जिल्ला प्रशासनकाे निर्देशन

Loading spinner