राष्ट्र बैंकमा जागिर खुल्यो, सिभिल इन्जिनियर र सवारी चालक माग

khabarwave
८ आश्विन २०७७

काठमाडौं । कोरोना कहरले भएको जागिर पनि गुमाउनु पर्ने अवस्थामा नेपाल राष्ट्र बैंकले करारमा सिभिल इन्जिनियर र सवारी चालक माग गरेको छ। केन्द्रिय बैंकले बिहीबार सूचना जारी गर्दै तीन जना सिभिल इन्जिनियर र १० जना सवारी चालक माग गरेको हो। राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जना सिभिल इन्जिनियर माग गरेको छ । सिभिल इन्जिनियरको करार अवधि ५ महिनाको हुने केन्द्रिय बैंकले जनाएको छ।

सिभिल इन्जिनियरको लागि सिभिल इन्जिनियरमा ब्याचलर अफ इन्जिनियरिङ उर्तीर्ण गरी दुई वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ। योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन्। सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा हुनेछ । त्यस्तै सवारी चालक पदमा कम्तिमा १० वर्ष सवारी चालक अनुभव भएको र ४५ वर्ष उमेर ननाघेका हुनुपर्ने छर सवारी चालकको लागि योग्य नागरिकले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सवारी चाललको पनि करार अवधि ५ महिना हुनेछ। चालकको तलब २८ हजार र खाजा खर्च २ हजार हुनेछ।

Loading spinner