राजसंस्थासहितको लोकतन्त्रकोपक्षमा देखिएको जनलहरबाट उत्साहित छु- अध्यक्ष थापा

khabarwave
११ मंसिर २०७७

काठमाण्डाै ।  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष एबं पूर्वमन्त्री कमल थापाले  लोकतन्त्रको र राजसंस्थाको पक्षमा पछिल्लो समय देखिएकाे जनलहरबाट आफू  उत्साहित भएको बताएका छन् ।  सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया व्यक्त गर्दै  थापाले भनेका छन्-राजसंस्थासहितको लोकतन्त्रको पक्षमा देशको विभिन्न भागहरुमा देखिएको जनलहर उत्साहवर्द्धक छ। हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जहाँ जोसुकैले कार्यक्रम गर्दा हामीलाई खुसी लाग्छ। हाम्रो समर्थन रहन्छ।

उनले जनलहरका पक्षमा भएका केहि तस्वीरहरु समेत  पोष्ट गरेका छन् ।

 

Loading spinner