राजधानी दाङ राख्ने प्रस्तावपछि नेकपाभित्रै विवाद ,कांग्रेसद्धारा बन्दसँगै प्रदेश सभा घेराउ सम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

khabarwave
१७ आश्विन २०७७

काठमाण्डाै । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको छ ।  राजधानी सार्ने बिषयमा नेपाली कांग्रेसले  असोज १८ गते आइतबार रुपन्देही बन्दको घोषणा गरेको छ । शनिबार बसेको बैठकले उक्त प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको हो ।त्यसैगरी १९ गतेदेखि प्रदेश सभा घेराउ गर्ने काग्रेसले बताएको छ । कांग्रेसले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

शनिवार राँके जुलुस, आइतबार रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएको बताइएकाे छ ।

यता प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै विवाद भएको छ ।त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । झण्डै ८ घण्टा चलेको वैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको बताइएकाे छ ।

सचेतक भूमिश्वर ढकालले भने सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् ।

 

Loading spinner