राजतन्त्र पुनर्स्थापना र लास ब्युॅतिनु एउटै हाे

khabarwave
२२ मंसिर २०७७

काठमाडौं । गणतन्त्रको नेतृत्व गर्नेहरुको अकर्मन्यता र राजनीतिक अस्थिरताले जनता वाक्क दिक्क भइसकेका छन् । दशौं हजारको बलिदानले प्राप्त गणतन्त्रको नेतृत्वमा पुगेकाहरु अहिले आन्तरिक कहलमा रमाउँदा गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने आशंका उब्जन थालेको छ । त्यति मात्रै होइन गणतन्त्रका चालकहरु गतिलो नपर्दा प्रतिगामनकारीहरुले समेन मुन्टो उठाउने अवसर पारेका छन् । अहिलेको राजनीतिक अस्थिरताले गर्दा नै हो आज राजतन्त्रको पक्षमा राष्ट्रिय झण्डा बोकेर मानिसहरु सडकमा ओइरिएको । आजका युवा पुस्ताले गणतन्त्रमा आफ्नो भविष्य नदेखेर राजतन्त्रको पक्षमा मैदानमा आउनु दुःखद कुरा हो । तर नेताहरुको व्यवहार परिवर्तन भएन भने जनताले व्यवस्था परिवर्तन गर्न सक्छन्, विगतमा गरेका पनि छन् ।

बाबुराम लेख्छन्:

१. नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो। कोही किन आत्तिने ?

२. मैले ०६०को वार्तामा @KTnepal सँग भनेको यसो हो ‘राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ !’ उनले भने ‘त्यो त भन्न सक्दिनॅ !’

 

राजालाई सक्रिय बनाउने राजनैतिक अवस्था निम्त्याउन काँग्रेसलाई झण्डै १५ बर्ष लागेको थियो।यही काम कम्युनिष्टहरूले त ५ बर्षमै सम्पन्न गर्नै आँटिसके।

अझै पनि कम्युनिष्ट सरकारले काम गरेन भन्छन्, प्रतिपक्षहरू।

Loading spinner