रणनीति बनाउँदै दुवै नेकपा

khabarwave
१२ फाल्गुन २०७७

काठमाडौं । संसद भंग गरेर चुनावमा जाने सरकारको रणनीति सर्वोच्चले खारेज गरिदिएपछि नेकपा ओली समूह भावी रणनीति बनाउने तयारीमा छ भने संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा होकिएको माधव प्रचण्ड समूहले पनि भावी योजना तय गर्दैछ । प्रतिनिधि सभा पुनर्स्थापनापछि नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूह आ–आफ्नै रणनीतिमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहले रणनीति तय गर्न बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको छ। ओलीले बोलाएको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल हुने स्थायी कमिटि सदस्य सुवास नेम्वाङले जानकारी दिए। ु११ बजे बालुवाटारमा बैठक बस्दै छ। समसामयिक बिषयमै छलफल हुने हो,ु उनले भने।
सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको निर्णयलाई मंगलवार बदर गरेको थियो। ओली इतरका नेताले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्ने माग गरेपनि ओलीले भने राजिनामा नदिने भएका छन्। उनका प्रेस सल्लाहकार सूर्य थापाले तत्काल राजिनामा नदिने बरु संसद फेस गर्ने बताएका छन्। नेकपाको अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि रणनीति बनाउन जुटेको छ। यसअघि सडक संघर्षमा केन्द्रित भएको उक्त समूहले बुधवार ४ बजे संसदीय दलको बैठक बोलाएको छ। संसद भवनमा ४ बजेका लागि सांसदहरुलाई बोलाएको नेकपा संसदीय दलका प्रमूख सचेतक देव गुरुङले जानकारी दिए। संसदभित्रको अंकगणितका बिषयमा प्रचण्ड नेपालले रणनीतिक छलफल गर्नेछन्।

Loading spinner