युवा जनशक्तिलाई उत्पादनमा यसरी परिचालन गर्न सकिन्छ

khabarwave
२६ आश्विन २०७७
नेपालमा युवा र तरुणहरुलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याउनुपर्छ भन्रे साेचकाे बिकास अझैसम्म हुन सकेकाे छैन । राजनीति र आन्दोलनमा बढी जसाे त्याे शक्तिलाइ प्राथमिकता दिँदै आइएको छ । युवा शक्ति राष्ट्रनिर्माण मूल शक्ति हो भन्ने कुरा न सरकारले बुझ्न सकेको छ न राजनीतिक दलहरूले । युवाहरुलाई आफ्नो स्वार्थपूर्तिका लागि सहभागी गराउने काम राजनीतिक दलहरु हुँदै आएका कारण आज मुलुकको ठूलाे शक्तिकाे सहि सदुपयोग हुन सकिरहेको छैन ।सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारेको छ तर उक्त नारा पूरा गर्नका लागि मुलुकको ठूलो हिस्सा युवा शक्तिलाई कसरी परिचालन गर्ने भन्ने ठाेस याेजनानै छैन । प्राय राजनीतिक दलहरुले आफुलाई अप्ठ्यारो पर्दा ,आन्दोलन सञ्चालन गर्दा गर्दा मात्र युवालाइ प्रयोग गर्ने गरेका छन । यसले गर्दा युवामा निराशा छाएकाे छ ।अब सरकार र दलहरुले याे शक्तिलाई राजनीतिको स्वार्थको रोटी सेकाउने भूमिकामा मात्र लगाउन हुदैन । उर्जाशिल क्षेत्रमा लगाउनुपर्छ ।
            युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार, खेलकुद लगायतका क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरूले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रमहरु कार्यान्वयन गर्दै आएका छन्। युवा विकास र परिचालनका लागि युवा तथा खेलकुद मन्त्रालयसंग समन्वय गरी युथ भिजन २०२५ को मर्म र भावना अनुसार युवा लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी भई सो अनुसार राष्ट्रिय युवा परिषद् स्थापना गठन भैसकेको छ ।  राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ । अध्ययनलाई सार्थकता दिनका लागि म तरुण दलको कार्यवाहक अध्यक्ष भएको बेला व्यापक दबाव र भूमिका खेलेको थिएँ । तर उक्त नीति पूर्ण रुपमा आजसम्म कार्यान्वयन नहुँदा दुःख लागेको छ ।
युवा विकासको स्पष्ट दृष्टिकोण, रणनीतिक कार्ययोजना र कार्यक्रम तय गर्नु अति आवश्यक छ । नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरू, युवा विकाससँग सम्बन्धित संघसंस्थाहरू र अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई युवा विकासको लक्ष्यमा समन्वयात्मक रूपमा परिचालन गरी राष्ट्रिय युवा परिषदमार्फत राष्ट्रिय युवा नीति, २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न युथ भिजन २०२५ सहितको दश वर्षे रणनीतिक योजना निर्माण भई सोको कार्यान्वयनको प्रक्रिया पनि शुरु भएको छ ।
अन्तर्राष्ट्रिय स्तरमै युवा क्षेत्रमा भएका प्रगति र नेपालको अवस्थालाई मध्यनजर गरी युथ भिजन २०२५ ले अहिलेको युवा विकासका मूल समस्यालाई लक्षित गरी युवा विकासका पाँच रणनीतिक आधारस्तम्भ तय गरेको छ । नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पुर्याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नुपर्दछ ।यो युवा विकासको लागि गरिनु पर्ने आधारभूत कार्य हो । युवा उद्यमशीलता, सिप विकास र रोजगारी सिर्जना अर्को प्रमुख कार्य हो । यसका लागि युवाहरूपनि तयार हुनुपर्छ।

तिनै विषयहरुलाई प्राथमिकता निर्धारण गरी कार्यान्वयनका लागि युवा विकासको स्पष्ट दृष्टिकोण, रणनीतिक कार्ययोजना र कार्यक्रम तय गर्नु अति आवश्यक छ । नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरू, युवा विकाससँग सम्बन्धित संघसंस्थाहरू र अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई युवा विकासको लक्ष्यमा समन्वयात्मक रूपमा परिचालन गरी राष्ट्रिय युवा परिषदमार्फत राष्ट्रिय युवा नीति, २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न युथ भिजन २०२५ सहितको दश वर्षे रणनीतिक योजना निर्माण भई सोको कार्यान्वयनको प्रक्रिया पनि शुरु भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै युवा क्षेत्रमा भएका प्रगति र नेपालको अवस्थालाई मध्यनजर गरी युथ भिजन २०२५ ले अहिलेको युवा विकासका मूल समस्यालाई लक्षित गरी युवा विकासका पाँच रणनीतिक आधारस्तम्भ तय गरेको छ । नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पुर्याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नुपर्दछ ।

यो युवा विकासको लागि गरिनु पर्ने आधारभूत कार्य हो । युवा उद्यमशीलता, सिप विकास र रोजगारी सिर्जना अर्को प्रमुख कार्य हो । अध्यनहरूकाे निचाेड छ – लोकतन्त्रमा विश्वास गर्ने युवा, तरुणहरूमा चार लक्षण हुनु आवश्यक छ । पहिलो संगठनमा अनुशासन अपरिहार्य हुन्छ । अनुशासनविनाको भीडले विद्रोह गर्न सक्दैन । अराजकताको संवाहकमात्रै हुन्छ। युवाका लागि पहिलो तत्व वा लक्षण अनुशासन नै हो । नेपालमा हामी युवाहरुले नयाँ पुस्ताको बहस चलाउँदा हामी नयाँ पुस्ता आफू कति अनुशासित छ वा छैन । यो विषय गम्भीर हुनुपर्ने हो ।  अर्को लक्षण हाे – साथीहरूबीच वफादारी । अर्थात् एकअर्कामा विश्वास र निष्ठा । मित्रहरूमा विश्वास भएन भने कुनै पनि काम सही हुँदैन ।

हामीहरु बिच अविश्वासकै कारण झगडा, अन्तर्घात, खुट्टा तानातान, गुटउपगुट, असहयोग हुन्छ । एकअर्काले यहीबाट प्रतिशोध, नियन्त्रण, व्यवधान र अवरोधको शृंखला बढाउने काम गर्दछ। के आजका हामीहरूमा एकअर्काप्रति विश्वास छ, निष्ठा छ र, को हो त नेता र नायक र उसका विचार के हुन्, के उसले सिंगो युवा पंक्तिलाई नेतृत्व दिनसक्छ । त्यस अनुकूलको आचरण, व्यवहार देखाउन सक्छ, के उसको सामाजिक छविमा कुनै दाग लागेको छैन, सबैलाई नेतृत्व दिने सामर्थ्य र योग्यता राख्छ त, कि भावनामा बहेर केही व्यक्तिको झुण्ड बोकेर नेतृत्वको अहंकार पालेर मात्र पूरा हुन्छ ।

यो पक्षलाई विचार गर्नुपर्ने हुन्छ ।  अर्को गुण र लक्षण हो । आदर्शप्रति निष्ठा । आदर्शलाई निजी स्वार्थको भडयाङ बनाउन खोज्नु र सही रूपले निष्ठा प्रकट गर्नु फरक कुरा हुन् । अहिले आदर्शप्रतिको निष्ठाभन्दा व्यक्तिगत स्वार्थ पूरा गर्ने बाटो बनाइँदै छ । आदर्श कुनै स्वैरकल्पना होइन । यो आचरणसँग सम्बन्धित हुन्छ । आदर्शप्रतिको निष्ठा आचरण र व्यवहारबाट प्रमाणित हुनुपर्छ ।
हामी युवा तरुणको अर्को लक्षण भन्ने शारीरिक दुःख खप्ने क्षमता हो। युवाहरूमा यि गुण राजनीतिमा मात्र हाेइन  अन्य समय र कार्यकालागि पनि आवश्यक हुन जरुरी छ । आजका कति हामीहरूमा दुःख झेल्ने क्षमता छ र खास गरी राजनीतिमा लागेका हामी युवाहरूको सोच कस्तो छ र क्षमता कस्तो छ । आज राजनीतिको कुनै संगठनमा लाग्नासाथ कताबाट फाइदा हुन्छ, के कर्म अपकर्म गर्दा आफ्नो गुजारा चल्छ वा समृद्धि मिल्न सक्छ, कसरी शक्तिको निकट रहन सकिन्छ अधिकांश हामी युवाहरुमा यहि सोच देखिन्छ । त्यसैले हामीहरुमा सोच, निष्ठा, नैतिकता, इमानदारीता, एक आपसमा भरोसा र जिम्मेवार बन्न जरुरी छ।

लेखक- नेपाली कांग्रेस संगठन बिभागका केन्द्रीय कार्यसमितिका केन्द्रीय सदस्य हुनुहुन्छ ।

Loading spinner