यस्ताे छ-मौसम विज्ञान विभागकाे मौसमसम्बन्धी पूर्वानुमान
काठमाण्डाै । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको जनाएकाे छ ।महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।