म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी ,सैनिक कूको भत्सर्ना

khabarwave
२० माघ २०७७

काठमाण्डाै ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले  म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।सैनिक कूको भत्सर्ना गर्दै बाइडेन नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीसहितका नेताहरूलाई पक्राउ गर्नु म्यानमारको प्रजातान्त्रिक रूपान्तरण र कानुनको शासनमाथिको प्रहार भएको बताएका छन्।म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्त गरेर राष्ट्रपतिसहित नेताहरूलाई नियन्त्रण लिएपछि राष्ट्रपति बाइडेनले यसअघि हटाइएका प्रतिबन्धहरू फेरि लगाउने चेतावनी दिएका हुन्।

उनले सैनिक कूको विरोध गर्न र नेतृ सुकीसहित हिरासतमा रहेका नेताहरूको रिहाइका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन्।‘म्यानमारको सैनिकलाई शक्ति तुरून्त फिर्ता गर्न र नेताहरूलाई तुरून्त रिहाइ गर्न दबाब दिन अन्तर्राष्ट्रिय समुदायले एउटै स्वर बनाउनु आवश्यक छ,’ बाइडेनको विज्ञप्तिमा भनिएको छ,‘गएको दशकमा म्यानमारको प्रजातान्त्रिक प्रणालीतर्फको प्रगति हेरेर अमेरिकाले प्रतिबन्ध हटाएको थियो।

Loading spinner