मेरो काम, मेरो बाध्यता

khabarwave
२३ मंसिर २०७७
  • प्रेम शर्मा

बाहिर फुरूरू हिऊॅं परेको छ
तैपनि जॉंगर चलाउनु परेको छ
हिऊ परे परोस् यसले मलाई छेक्दैन

किन कि यसैबाट मेरो गुजारा चलेको छ ।।

बाहिर झमझम पानी परिरहेछ
तैपनि मैले तिमीलाई भेट्नै पर्छ
किन कि परिवारको भोक मेट्नै पर्छ
ईन्सुरेन्सको रकम तिर्नै पर्छ
मैले वरापरी फेर्नै पर्छ ।।

बाहिर हावाहुरी हुण्डरी मडारिएको छ
तै पनि तिमी संग नआई धरै छैन
किनभने म यहॉं आउदाको
ऋण तिर्नु पर्ने छ
भाइ बैनाहरूको फिस पठाउनु परेको छ ।।

आज मलाई केही बिसन्चो भएको छ
तै पनि मैले तिमीलाई पछ्याउनु परेको छ
आमा बा लाई मोवाईल पठाउनु परेको छ
यस पटकको भूकम्पले भत्किएको
गाउको घर पुनर्निर्माण गर्नु छ
त्यसैले मैले तिमीलाई भेट्नै पर्छ ।।

आज हाम्रो दशैं हो रे
तै पनि बिदा मागेको नपाएर
टीका थाप्न आउदै छु हतारिएर मेरो प्यारो कर्मलाई
मेरा आमा बाबु मानेर ।।

मेरो बच्चालाई हिजो देखि
हनहनी ज्वरो आएको छ
डाक्टर संग एप्वाईन्टमेन्ट पनि बनाएको छु
तर मेनेजरले छुट्टी दिएन
सिटामोल ख्वाएर पनि
तिमीलाई भेटन आउदै छु
किन कि म नआए सिटामोल पाईदैन ।।

मेरी श्रीमती बिमारी छिन्
बच्चा हेर्ने कोही छैन
तै पनि मैले तिमलाई भेट्नै पर्छ
किन कि मैले को पे तिर्नै पर्छ
मैले औषधीको बील तिर्नै पर्छ ।।

मोर्गेज नतिरेको दुई महिना हुन थाल्यो
अफिसबाट अल्टिमेटम आई सकेको छ
बत्ती र पानीको बीलको त के कुरा
लाईन काट्ने बेला नै भै सक्यो
त्यसैले म बाटो मै छु, म आउदै छु ।।

काममा हिड्ने बेला अचानक के भयो भयो
गाडी स्टार्टै हुदैन, जता जता घच्घच्याए पनि
तर समयमा नपुगी धरै छैन
त्यसैले उभर लिएर पनि जानै पर्यो ।।

त्यति मात्र कहा हो ररु
मैले पठाएको रेमिट्यान्सबाट
सरकारलाई पनि पाल्नु पर्ने छ
प्रमं को मृगौला फेरेको
मन्त्रीको कोरोनाको उपचार गरेको
राष्ट्रपतिको कार्पेट फेरेको
रकम पनि भुक्तानी गर्नु छ
त्यसैले मैले तिमीलाई भेट्नु छ ।।

Loading spinner