मेयरसगँ आफ्नै प्रबक्ताकाे माग -अस्पताललाई निकासा भएकाे ३ कराेड ४०लाखकाे हिसाब खाेई ?

khabarwave
२५ कार्तिक २०७७

काठमाण्डाै ।मध्यपुर   नगरपालिकाको विवाद सुल्झनुकाे  सट्टा झन-झन नयाँ विवाद निक्लन थालेका छन् । १९ सदस्यीय कार्यपालिकामा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पहल नगर्दा  विवाद झन बढ्दै गएको छ । उपमेयर लगायतका झन्डै बहुमत सदस्यलाइ बिश्वासमा नगरप्रमुखले लिन नसक्दा न  नगरप्रमुखले आफ्नाे समुहकाे निर्णय लागु गर्न सकेका छन नत नगरपालिकाकाे बिद्यामान समस्या समाधान गर्ननै सकेका         विवाद बन्दै गएपछि नगर प्रवक्ता राम थापाले आज मात्र बिज्ञप्ति जारी गरि नगर प्रमुखलाइ  आफ्नाे कार्यशैली सच्याउन, प्रमुख प्रशासकिय अधिकृतलाई काम गर्ने बातावरण सिर्जना गर्न, काेरिया मैत्री अस्पताललाइ नगरपालिकाबाट अहिलेसम्म निकासा गरिएकाे रकमकाे यथार्थ प्रतिवेदन तत्काल सार्वजनिक सार्वजनिक गर्न आग्रह गरेका छन् ।

नगर प्रवक्ता  थापाले बिज्ञप्तिमा भनेका छन- नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्थानीय तहमा हस्तान्तरण भएको लामो समयसम्म पनि कानून विहिन अवस्थामा रहेकोमा नगरकार्यपालिकाको २०७७ साल जेठ ३२ गते बैठकबाट संचालन तथा व्यवस्थापन आदेश जारी भए पछि कानुनी आधार बनेको हो । यसै कानूनी आधारलाई टेकेर बनाउनु पर्ने व्यवस्थापन समितिले आजसम्म पूर्णता पाएको छैन भने अस्पतालले कोभिडका थुप्रै विरामी जाँच गरे पनि मध्यपुरथिमि नगरपालिकाका कति थिए, वाहिरका कति हुन् ? निशुल्क को को ? सःशुल्क को को ? ५५०० प्रतिव्यक्ति जाँच गर्दा कति आम्दानी खर्च भयो ? पछि ४००० लिएर जाँच्दा के भयो र २००० मा जाँच्दा आम्दानी खर्च के छ भन्ने विषय नगरपालिकाका चासोका विषय हुन् । गत आषाढमा निकासा भएको करीव २ करोड र यस आ.व.मा हालसम्म निकासा गरिएको १ करोड ४० लाख रकमको यथार्थ प्रतिवेदन तत्काल सार्वजनिक गर्न सम्वद्ध पक्षको ध्यानाकर्षण गराइएको छ ।

Loading spinner