मुख्यमन्त्री पौडेललाई थप उपचारकालागि हेलिकप्टरबाट काठमाडौं ल्याइयाे
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । कोरोना संक्रमणपछि थप उपचारका लागी उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि ल्याइएकाे बताइएकाे छ ।
बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए ।मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ ।। तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको बताइएकाे छ ।