मान्यहरूलाइ आजै कोरोना भाइरस  विरुद्धको खोप

khabarwave
१९ फाल्गुन २०७७

काठमाडौं ।  कोरोना भाइरस  विरुद्धको खोप आज सांसदहरुले   लगाउदैछन ।सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

संघीय संसद सचिवालयले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म  सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पन खोप लगाइने छ ।

 

 

Loading spinner