माओवादी केन्द्रले बाेलायाे स्थायी कमिटी बैठक,सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने

khabarwave
२२ चैत्र २०७७

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने बताइएकाे छ ।माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समर्थन फिर्ता लिए राजीनामा दिने बताइसकेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पनि नयाँ सरकार गठनमा अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ ।

Loading spinner