मन्त्री भट्टराई कोरोनाबाट संक्रमित, सतर्क रहन सामाजिक संजालमार्फत आग्रह

khabarwave
२४ आश्विन २०७७

काठमाडौं । सरकारकै एक मन्त्रीलाइ काेराेना संक्रमण भएकाे छ । सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको हाे ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् ।  हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको  उनले बताएका छन ।

उनले सामाजिक संजालमा उल्लेख गरेका छन -गत सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ।

Loading spinner