मन्त्रीहरुकाे राजीनामा प्रधानमन्त्रीबाट अझै किन अस्वीकृत ? मन्त्रालयका बेभसाइडबाट हटेन मन्त्रीकाे नाम( सूचिसहित)

khabarwave
१० पुष २०७७

काठमाण्डाै ।  संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक आइतबार राजीनामा दिएपनि ६ दिन बितिसक्दापनि राजिनामा प्रधानमन्त्री  केपी शर्मा ओलीले स्वीकृत गरेकाे जानकरीमा  छैन  । संबिधानकाे धारा ७६ काे उपधारा ९ मा प्रधानमन्त्रीकाे सिफारिशमा राष्ट्रपतिले मन्त्रीकाे नियुक्त गर्ने धारा ७७ काे उपधारा २ (क) र (ख) मा मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा दिएमा वा पदमुक्त गरेमा  मन्त्री पद रिक्त हुने ब्यवस्था छ । सार्बजनिकरूपमा राजिनामा घाेषणा गरेपनि सातै मन्त्रीहरूले प्रक्रियासम्मत ढंगले  प्रधानमन्त्रीलाइ राजिनामा नदिएका कारणले हाे उनिहरूकाे राजीनामा स्बीकृत भएकाे छैन । उनिहरूले राजिनामा दिएकाे करिब एक साता सम्म पर्यटन बाहेकका मन्त्रालयका बेभसाइडमा भने  राजीनामा दिएका मन्त्रीहरूकाे नाम मन्त्रीकाेरूपमा उल्लेख छ । 

राजीनामा दिएका मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराई ,उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् । पूर्व माओवादीबाट गृह मन्त्री बनेका रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।दिने पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका थिए ।

 

 

 

 

 

 

 

 

Loading spinner