मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव फेर्दै, चार सचिबकाे सरूवा तथा पदस्थापना 

khabarwave
१ आश्विन २०७७

काठमाडौँ ।सचिब बढुवा भएकाे लामाे समयपछि  सरकारले नयाँ एक सचिवको पदस्थापन गरेको छ ।सचिव पदमा  बढुवा भएका मधु मरासिनी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनकाे महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापना    गर्दे     बाकि तीन सचिवको सरुवाकाे  सरुवा   गरेको बताइएकाे छ ।मन्त्रिपरिषद्कोबैठकले युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएका सचिव केदार न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै पदस्थापन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका सचिव गोपीनाथ मैनालीलाई युवा तथा खेलकुद कार्यालयमा सरुवा गरिएको छ ।

यसैबीच प्रधानमन्त्री निबास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ । साे बैठकले  मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने र  मुख्यसचिवमा परराष्ट सचिब बैरागीलाई नियुक्त गर्ने तयारी गरेको अनुमान गरिएकाे छ । साथै बैठकले मन्त्रिपरिषद् सचिबालयमा बिचाराधिन नेपाल बिद्यृत प्राधिकरणकाे कार्यकारी निर्देशक नियुक्ती प्रस्ताबमा निर्णय लिदै कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्ननियुक्ति गर्ने छ ।

 

Loading spinner