मनाेजले बेहुली भेटे, श्वेताकाे आज बिहे

khabarwave
२२ मंसिर २०७७

काठमाडौं । भर्खरै काेराेनासँगकाे युझमा विजयी भएका वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलका प्रशंसक र शुभचिन्तकहरुका लागि खुशीको खबर छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन ।

उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा भने उनले निकै कमलाई बताएका छन् । ‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु, गजुरेलले भने, ‘अहिले यत्ति भनौं, अरू कुरा पछि थाहा भइहाल्छ ।’

गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए । मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् ।

गजुरेल हालै कोरोना संक्रमणमुक्त भएका छन् । अक्सिजन लेभल कम भएपछि उनले केही दिन अस्पतालको आइसीयूमा बस्नुपरेको थियो ।

भिनेत्री स्वेताको विहे आज, विहेकै दिन चिनाइन् दुलाहा श्वेता खड्काले आज धनगढीका विजयेन्द्र राउतसँग विहे गर्दैछिन् । गोकर्ण फरेस्ट रिसोर्टमा पारिवारिक उपस्थितीमा विहे हुँदैछ । विहेको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गर्दै जीवनको नवीन अध्यायको सुरुवात गर्न लागेको उल्लेख गरेकी छन् ।

Loading spinner