मनाङको दुर्गम गाउँमा ग्लोबल आइएमई बैंक

khabarwave
४ फाल्गुन २०७७

काठमाडौँ । मनाङको दुर्गम गाउँ मनाङ गाउँमा ग्लोबल आइएमई बैंकले आफ्नो शाखा बिस्तार गरेकाे छ । उक्त शाखाको उद्घाटन गत  गत सोमबार विधिवतरुपमा स्थानिय सरकारकाे प्रतिनिधिकाे सहभागितामा  गरिएको छ। कुनैपनि बैंककाेशाखा तथा एटिएम सुविधा नरहेकाे उक्त गाउँमा साे सुबिधा नहुदाँ  त्यहाँका   जनता  बैंकिक सुबिधाबाट बन्चित थिए भने   पर्यटकिय  गतिबिधि हुने  उक्त गाउँमा पर्यटकले समेत सेवा प्राप्त गर्न नसकेकाे  केही महिनाअघि उक्त गाउँको भ्रमणमा जादा  देखेपछि  पर्यटन व्यवसायी तथा साे बैंकका प्रमाेटरसमेत रहेका           आङतेम्बा शेर्पाले  काठमाडौँ फर्केपछि बैंकको शाखा लैजान पहल गरेका थिए।

३५१५ मिटरकाे उचाईमा रहेको उक्त गाउँमा  बैंकिङ सुविधा पुगेपछि त्यहाँका जनता , पर्यटन व्यवसायी र  पर्यटकले प्रत्यक्षरूपमा फाइदा लिने विश्वास शेर्पाले लिएका छन्।

Loading spinner