मध्यान्ह बाेलाइयाे मन्त्रिपरिषद्काे आकस्मिक बैठक,महत्वपूर्ण निर्णय हुने

khabarwave
११ आश्विन २०७७

काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्कोआज आकस्मिक बैठक बोलाएका छन्।स्राेतकानुसार  प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन।समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गरेकाे र साे दिन नसकिए बिहीबार बस्ने चलन छ।।

स्रोतले भन्यो प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको हुनसक्ने र केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएकाे छ । मन्त्रीमण्डल पुर्नगठन र तीन मन्त्रालयलाइ टुक्रयाउने हल्लाकाबीच आज बस्न लागेकाे  मन्त्रिपरिषदको बैठकले साे बारेमा निर्णय लिने अनुमान गरिएकाे छ । नेपाल विद्युत प्राधिकरणकाे रिक्त कार्यकारी निर्देशककाे नियुक्ती र नयाँ मुख्यसचिबकाे बारे पनि निर्णय हुनसक्ने अनुमान गरिएकाे छ । बैठकका बारेमा रातीनै मन्त्रीहरूलाइ खबर गइसकेकाे बुझिएकाे छ ।

 

Loading spinner