भूमि आयोगका पदाधिकारीलाई ऐन विपरीत गए कारबाही गर्ने मन्त्रीकाे चेतावनी

khabarwave
२४ माघ २०७७

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई निश्चित अधिकारमात्रै दिइएको भन्दै उनले ऐन विपरीत गए कानूनी दायराभित्र ल्याइ कारबाही गर्ने बताएकी  छन् ।

आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई शनिबार काठमाडौंमा निर्देशन दिंदै तुम्बाहाङ्फेले भुमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन पनि आग्रह गरेकी छन्।

सरकारले गत सातामात्रै भूमि समस्या समाधान आयोगका लागि ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो। मन्त्रालयका सचिव टेकनारायण पाण्डेले आयोगको कामले सरकारको इमेज देखिने भएकाले बिचौलिया र दलालबाट हुने चलखेलप्रति सचेत रहन पनि उनले अपिल गरेका छन।

 

Loading spinner