बिहिबारबाट छुटसहित २३ वटा स्थानमा सुपथ मूल्य पसल संचालन
काठमाण्डाै । दसैं, तिहार तथा छठजस्ता चाडपर्वमा उपभोक्तालाई लक्षित गरेर सरकारले बिहीबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो । सरकारले बर्सेनि यस्ता पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन लागेका छन् ।
आगामी १५ गतेदेखि मंसिर ६ गतेसम्म सुपथ पसल सञ्चालन हुनेछ । । सुपथ पसलमा चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, चामलमा प्रतिकेजी पाँच रुपैयाँ र नुनमा प्रतिकेजीमा दुई रुपैयाँ छुट दिन लागिएको छ ।
कम्पनीले सुपथ पसलमा चिनी, चामल, दाल, गेडागुडी, पिठो, नुन, घिउलगायतका चामलमा प्रतिकेजी पाँच रुपैयाँ, गेडागुडीमा प्रतिकेजी १० रुपैयाँ र खसीबोका प्रतिकेजीमा १० रुपैयाँ छुट दिने जानकारी दिएको छ । कम्पनीले थापाथली, रामशाहपथ, जाउलाखेल, नख्खु र सुर्यविनायकमा रहेका बिक्री कक्षबाट सुपथ मूल्यमा सामान विक्रि गर्ने छ । कम्पनीले उपत्यकाबाहिर पनि २३ वटा बिक्री कक्षबाट सुपथ मूल्यमा सामान वितरण गर्ने छ । कम्पनीले अनलाइनमार्फत होमडेलिभरी समेत गर्ने जनाएको छ । लकडाउनदेखि कम्पनीले अनलाइनमार्फत होमडेलिभरी सेवा सञ्चालन गर्दै आएको छ ।