बिहानै नेकपा संसदीय दलकाे बैठक, लगत्तै सर्बदलिय बैठकमा बिपक्षीलाई मनाउने रणनीतिमा मुख्यमन्त्री

khabarwave
१९ आश्विन २०७७

काठमाण्डाै ।     दाङमा राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नेकपाको प्रदेश ५ संसदीय दलकाे साेमबार बिहान ७ बजेदेखि  बैठक डाकिएकाे छ ।नेकपा प्रदेश ५ को संसदीय दलले आफ्ना प्रदेश सभा सदस्यहरुलाई विहान ७ बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना गरेको थियाे ।संसदीय दलको कार्यालय बुटवलमा बैठक राखिएकाे हाे। शनिबार सबै सदस्यका कुरा सुन्न नसकिएको हुँदा अझै केही कुराहरु छन् कि भनेर बिहानै बैठक डाँकिएको बताइएकाे छ ।

सोमबार बिहाननै  सर्वदलिय बैठक बस्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच हिजाे साँझ कडा सुरक्षाकाबीच बुटवल फकिएका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् ।बुटवलको मिलनचोक नजिक आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको स्कटिङमा रहेका प्रहरीका दुइ गाडीमा क्षति पुगेको छ । प्रहरीको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीको गाडीमा ढुंगा लागेर क्षति भएको बताइन्छ । शनिबार काठमाण्डौं गएका मुख्यमन्त्री पोखरेल आइतवार गौतमबुद्ध विमानस्थल भैरहवाबाट बुटवल फर्किदै थिए ।ढुंगा प्रहारपछि प्रहरीले बुटवलको मिलनचोकबाट केही आन्दोलनकारीलाई प्रक्राउ गरेको थियाे ।

 

Loading spinner