बिपीको नीति र ओलि आचरण

khabarwave
२४ भाद्र २०७७

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७औँ जन्मजयन्ती भाद्र २४ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने गरि कार्यक्रम सार्बजनिक गरिसकेको छ ।बिगतमा भब्यरुपमा बिभिन्न कार्यक्रम गरि मनाउने गरिएकोमा यसपटक कोरोनाले निम्त्याएको बिषम परिस्थितीका कारण कांग्रेसले आफ्नो संस्थापक नेतालाई प्रबिधिको माध्यमबाट सम्झन लागेको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर मनाईने सार्बजनिक कार्यक्रमनुसार भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुने छ । भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ ।यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले जनाएको छ ।कांग्रेसले बीपी जयन्ती भौतिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ ।  नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभयो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो ।

विसं २०१५ को आम निर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वा्चित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वा्चित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।

भारतमा निर्वा्सित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गरेको बेला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । बिपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व मात्रै होईन उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुन्याउनुभएको छ ।नेपाली साहित्यमा कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।प्रथम जननिर्वा्चित सरकारका प्रधानमन्त्री कोइरालालाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालयका रुपमा स्थापना गरि बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, काँग्रेसले विसं २०२९ जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

स्व. बिपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक भएकाले आजका दिनमा उहाँका नीति र बिचारलाई नेपाली कांग्रेस परिवारले मात्र होईन कांग्रेस ईत्तरले पनि अनुसरण गर्न जरुरी छ । बिपीले मुलुकमा प्रजातन्त्र ल्याउन एवं राणाको जहानियाँ शासन अन्त्य गर्न खेलेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहयो भनेमात्र उहाँप्रतिको सच्चा सम्मान ढहर्छ ।बिपी कोईरालाले जीबनका अन्तिम क्षणमा ब्यक्त गर्नुभएको भनाई अहिलेको सन्दर्भमा पनि उतिकै सान्दर्भिकता छ । उहाँले भन्नुभएको थियो-हामीहरू बडो अप्ठ्यारो परिस्थितिमा छौं । हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनुपरेको छ । त्यसको निम्ति मेरो एउटा प्रयत्न रहेको छ । त्यस्ता संस्थाहरू, त्यस्ता शक्तिहरू जसले जोगाउन सक्छन्, तीसँग हामीले वैमनस्यको सम्बन्ध राख्नुहुँदैन । देशको सामर्थ्यलाई बुझेर मैले आफ्नो कुरा भनेको छु । बिपीले त्यसबेला भन्नुभए जस्तो मुलुक अहिले कठिन अबस्थामा छ । संबिधान जारी भएपछि नेकपा अध्यक्ष केपी शर्मा ओलिको नेतृत्वमा बलियो र स्थिर सरकार छ तर त्यहि सरकारले जनजिबिकाका सबालमा काम गर्नुको साटो आफ्नो सत्ता टिकाउने भन्दा अरु गतिबिधिमा सरिक हुन सकेको छैन । कोरानाका कारण मुलुकका सबै क्षेत्रको अबस्था जटिल बनेको छ तर सरकारको ध्यान पार्टीको आन्तरिक झगडा ब्यवस्थापनमा नै बितेको छ । प्रमुख प्रतिपक्ष दल  नेपाली कांग्रेसलगायतका दललाई साथमा लिएर अहिलेको बिषम परिस्थितिको सामना गर्नुपर्ने प्रधानमन्त्री ओलि विपक्षीलाई नजरअन्दाज गरेर एक्लै हिड्न खोज्दा मुलकका समस्या र ओलिको सम्बृद्धिको सपना जहाँको तहि छ ।

  • लेखक नेपाली कांग्रेसका संगठन बिभागका केन्द्रिय सदस्य एंब महासमिति सदस्य हुनुहुन्छ ।
Loading spinner