बामदेवलाई सर्वोच्चको झट्का, बुधबार अन्तिम निर्णय (सर्वोच्च अदालतकाे आदेशसहित)

khabarwave
७ आश्विन २०७७

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिष्यसभा सदस्य नियुक्त नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।सर्वोच्चको याे आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन नपाउने भएकाे छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको बुधबारकाे एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत गर्ने विषयमा नेपालको संविधानले अंगीकार गरेको व्यवस्थाको विषयमा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने पनि बताएको छ ।

यस्ताे छ- सर्वोच्चको बुधबारकाे आदेश

+

Loading spinner