बाढी, पहिरो र कटान क्षेत्रमा गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुुपाल्चोक, उदयपुर र धनुुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।सिन्धुुपाल्चोकको मेलम्ची मुुहान हेलम्बुु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुषास्थित कमलानदीबाट भएको कटानको स्थलगत निरीक्षण गरेका हुन् ।
मेलम्ची बजार क्षेत्रमा बाढी प्रभावित नागरिकसँग छलफल गर्दै गृहमन्त्री खाँणले भने,’सरकार जनताको शान्तिसुरक्षा र जीवनरक्षाका लागि हो । त्यसैले पुुनर्निर्माणको कामका लागि ढुुक्क हुुनुुस्, सरकारले सहयोग गर्छ ।’कोशीबाट उदयपुरको करिब डेढ किलोमिटर कटान क्षेत्रको निरीक्षण गर्ने क्रममा उनले जलवायु परिवर्तनको असरका कारण नदीले धार परिवर्तन गरी कटान हुने गरेकाले उपयुुक्त योजना बनाएर सरकारले काम गर्ने विश्वास दिलाए ।
कटान क्षेत्रमा समयमै तटबन्ध गर्न नसकिएमा हजारौँ जनता प्रभावित हुन सक्ने भएकाले तत्कालीन र दीर्घकालीन योजना बनाएर बस्ती जोगाउने र मानिसको जीवनरक्षाको काम गरिने प्रतिबद्धता उनले जनाए ।