बहराइनका राजकुमारसँगै चुमे फुर्बा छिरिङ शेर्पाले सगरमाथाकाे शिखर

khabarwave
३० बैशाख २०७८

काठमाडौं। बहराइनका राजकुमार ‘रोयल गार्ड’ टोलीले विश्वको शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकाे छ। ३३ वर्षीय राजकुमार शेख नसिद बिन हमाद अल खालीफाले  सगरमाथा चढेका हुन्। सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर मापन भएयता पहिलोपल्ट विदेशी आरोहणदल सगरमाथाको चुचुरोमा पुगेको हो । राजकुमार शेखसँगै  सगरमाथाकाे चुचुराेमा फुर्बा छिरिङ शेर्पाले पनि चुमेका छन ।

राजकुमारकाे टाेलीले मंगलबार बिहान  ६ बजेर ४५ मिनेटमा सगरमाथाको शिखर चुमेको  जानकारी फुर्बा छिरिङले  दिएको शेर्पाका आफन्त बिश्वबिख्यात माेडल आङतेम्बा शेर्पाले बताउनुभएकाे छ । राजकुमार शेख नसिद बिन हमाद अल खालीफा बुधबारनै काठमाण्डाै फर्केका छन भने फुर्बा छिरिङ शेर्पा  भने केही दिनभित्रै काठमाण्डाै फर्कने बताइएकाे छ । उनीहरुको  बन्दोबन्दी मिलाएको सेभेन समिट ट्रेक प्रालिले मिलाएकाे हाे ।राजकुमारकाे टाेलीसँग संलग्न फुर्बा छिरिङ खम्बु पासाङल्यामु गाँउपालिका वडा नं.२ घर भइ हाल काठमाण्डाै मण्डिकाटारमा बिभिन्न पेशामा आबद्व युवा व्यवसायी हुन । उनकाे रूचि हिमाल आरोहण तर्फपनि उतिकै छ ।

यसअघि साे टाेलीले सगरमाथा आरोहणको तयारीस्वरुप  लोबुचे र मनासलु हिमाल आरोहणसमेत गरेको थियो ।  राजकुमार खलिफाले  ८,१६३ मिटर अग्लो मनास्लु हिमालकाे सफल आरोहण गरेका थिए ।गत असाेज २९ गते  बिहीबार सफल  आरोहण गरेका र साे बेलापनि आरोहणकाे ब्यवस्थापन सेभेन सम्मिट ट्रेक्स प्रालिले गरेकाे थियाे ।

आरोहण दलको नेतृत्व टासी लाक्पा शेर्पाले गरेका थिए । उनी १९ वर्षको उमेरमा अक्सिजनविना सगरमाथा आरोहण गर्ने कीर्तिमानधारी आरोही हुन् । उनीसँगै बहराइनका शाही परिवार, सुरक्षा टोली र गाइड, शेर्पागरी ५० जनाभन्दा धेरैले सो हिमाल आरोहण गरेका शेर्पाले जानकारी दिए। टिमको नेतृत्व विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा र १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजनबिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरिरहेका थिए।

Loading spinner