बढायो नेपाल लाइफले नाफा

khabarwave
९ मंसिर २०७७

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो ३ महिनामा ७ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै १ अर्ब रुपैयाँ बीमा शुल्क बढी संकलन गरेको छ ।
पहिलो त्रैमासमा नेपाल लाइफको नाफा २२ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो । कोरोना महामारीको बीचमा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले नाफा बढाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सोही अवधिमा ८ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले ३९ करोड २२ लाख आम्दानी गरेको कम्पनीले सोही अवधिमा १८ करोड ७८ लाख रुपैयाँ खर्च गरेको थियो ।
हाल नेपाल लाइफको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ छ । जीवन बीमा कोषमा भने ९४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा कम्पनीको ६० करोड ८० लाख रुपैयाँ रहेको छ ।

Loading spinner