फागुन २३ गतेबाट ६६ लाख कित्ता आइपीओ निष्कासन हुँदै
काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले फागुन २३ गतेबाट आइपीओ बिक्री गर्ने भएको छ । प्राप्त जानकारीअनुसार कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता ३० हजार कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । हाल यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।
यसमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।