प्रहरीले झाँक्रीलाई श्रीमानको जिम्मामा छाड्याे

khabarwave
२९ माघ २०७७

काठमाडौं ।  नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी  झाँक्रीलाई रिहा गरेको छ ।
राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो । दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले महानगरीय अपराध महाशाखाले झाँक्रीलाई उनका श्रीमानको जिम्मामा रिहा गरेकाे छ ।

उनलाई महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ ।  उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ परेको थियो ।उनी पक्राउ परेको विरोधमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

 

 

Loading spinner