
प्रशासन कार्यालयले भन्याे-दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कनू
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । पछिल्लो समय कोरोना भाइरसको हटस्पट बनेका काठमाडौंमा दसैँको समयमा हुने धेरै चहलपहलले महामारी झनै प्रसार हुने भन्दै सचेत हुन अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।