प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मी र सचिवालयका चार जनामा कोरोना भाइरस संक्रमण

khabarwave
१७ आश्विन २०७७

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ ।खटिएका सुरक्षाकर्मी मध्ये  नेपाली सेनाका २८, नेपाल प्रहरीका ३६ जना र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको हाे ।यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस  संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको हाे ।सचिवालयका चार जनालाई देखिएपछि  प्रधानमन्त्री ओलीको पनि परीक्षण हुने बताइएको छ ।

 

 

 

Loading spinner