प्रधानमन्त्री ओली शितल निवासमा, भेटबारे अनेकथरि अड्कल

khabarwave
२९ कार्तिक २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ । तर राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग यसबारे बालुवाटारमा छलफल गरेका थिए ।

शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप(प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् । पछिल्लाे समय पार्टी बिवादबारे छलफल गर्न प्रधानमन्त्री ओली शितल निवास पुगेकाे अनुमान गरिएकाे छ ।

 

Loading spinner